arrow

मार्शल ल लगाउने दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
south-korea-martial-law-24-.jpg
तस्बिर – फाइल ।

सोल । दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो ।

संसदीय सुनुवाइमा एक सांसदले मङ्गलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको प्रश्नमा न्याय मन्त्रालयका अध्यागमन सेवा आयुक्त बे साङ–अपले भने, “हो, यो सही हो ।”

“उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्यविरोधी तत्वलाई समाप्त पार्न नागरिक शासन निलम्बन गरिएको हो,” युनले घोषणाका क्रममा भनेका थिए । उनको घोषणा कोरियाली जनताको विरोधका सामु लामो समय टिकेन र ‘मार्शल ल’ लाग्र भएको घोषणा भएको ६ घण्टापछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए ।

राष्ट्रपतिको घोषणासँगै सेनाप्रमुख जनरल पार्क आन–सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’ माथि प्रतिबन्ध लगाइएको थियो । 

घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजिनामा दिनुभएको थियो भने उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ