arrow

टावरका कुरा

अठार तले दमक कम्प्लेक्सको उद्घाटन, ओली भन्छन् – आधुनिक विकासको नमूना [तस्बिर]

यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
damak-complex-oli-81-8-23.jpg

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताएका छन् । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । 

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे । 
    
उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गरे । 

दमक नगरपालिका ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन भएको हो । मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दूरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।

चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।

भव्य जनसहभागीतामा भएको उद्घाटन कार्यक्रममा प्रधनमन्त्री पत्नी राधिका शाक्य, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।

damak-complex-oli (1).jpg
damak-complex-oli (2).jpg
damak-complex-oli (3).jpg
damak-complex-oli (4).jpg
damak-complex-oli (5).jpg
damak-complex-oli (6).jpg
damak-complex-oli (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ