साना तथा मझौला होटेल व्यवसायलाई प्रोत्साहन गर्दै इसेवाको पर्यटकीय प्रवर्धनमा योगदान
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
610
Shares
काठमाडौं। डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले साना तथा मझौला होटेल व्यवसायको प्रवर्धन र पर्यटन विकासमा योगदान पुर्याउँदै आएको छ। नेपालका सबै ७७ जिल्लाका ७५३ वटै स्थानीय तहसम्म आफ्नो सेवा पुर्याउन सफल इसेवाले होटेल बुकिङ सेवा 'इसेवा होटल्स' को माध्यमबाट साना तथा मझौला व्यवसायलाई आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
इसेवा होटल्समार्फत प्रयोगकर्ताले नेपालको ५४+ जिल्लाका प्रमुख सहरका तारे होटेलदेखि ग्रामीण क्षेत्रका होमस्टेसम्म सजिलै बुक गर्न सक्छन्। करिब ३,५०० भन्दा बढी होटेल सूचीबद्ध रहेको यो प्लेटफर्मबाट इसेवा एप वा वेबसाइट प्रयोग गरी बुकिङ गर्न सकिन्छ। बिना अग्रिम भुक्तानी बुकिङ गर्ने सुविधा र आवश्यकता अनुसार बुकिङ रद्द गर्न सकिने व्यवस्थाले इसेवा होटल्सलाई लोकप्रिय बनाएको छ।
ग्रामीण क्षेत्रमा रहेको पर्यटन व्यवसायलाई प्रोत्साहन गर्न इसेवा होटल्सले युएसएआईडी ट्रेड एण्ड कम्पेटेटिभनेसनसँग सहकार्य गर्दै आएको छ। यस पहलले होमस्टे र साना होटेल व्यवसायीलाई प्राविधिक सहयोगका साथै व्यवसाय सञ्चालनमा सहजीकरण गरेको छ। दिगो पर्यटन विकासमा केन्द्रित यो परियोजनाले ग्रामीण भेगको आर्थिक समावेशीकरणलाई सुदृढ बनाउँदै पर्यटन प्रवर्धनमा योगदान पुर्याएको छ।
इसेवाले बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकारसम्मको टिकट खरिद सेवा उपलब्ध गराउँदै यात्रुहरूको सहजता बढाउँदै आएको छ। इसेवा होटल्समार्फत साना तथा मझौला व्यवसायीहरूलाई डिजिटल प्लेटफर्ममा समावेश गरी आर्थिक वृद्धिमा टेवा पुर्याइएको छ।
इसेवाको यो पहलले डिजिटल रूपान्तरणमा साना व्यवसायलाई सामेल गराउनुका साथै पर्यटन क्षेत्रलाई सुदृढ बनाउँदै नेपालको समग्र आर्थिक विकासमा योगदान पुर्याइरहेको छ।