arrow

निर्माण व्यवसायीप्रति राज्य निर्दयी बन्यो, हामी 'होलिडे' गर्छौं - उपाध्यक्ष रायमाझी

logo
नारायण वली,
प्रकाशित २०८१ मंसिर २३ आइतबार
nirman bebasayi- upaakshaya- rayamajhi-3.jpg

लुम्बिनी । सरकारले आफूहरुमाथि चरम अन्याय गरेको निर्माण व्यवसायीहरुले बताएका छन् । निर्माण सम्पन्न भएका परियोजनाकै करिब ४० अर्ब रुपैयाँ राज्यले भुक्तानी दिन बाँकी रहेको गुनासो गरेका हुन् । 

निर्माण सामग्रीको मुल्य आकासिँदा थप पीडा थपिएको बताए । सिमेन्ट र छडमा बढेको मुल्य बृद्धि बिरुद्ध महासंघले निरन्तर बिरोध गर्दै आएको र नेपाल सरकारसँग पटकपटक समस्याका बारेमा कुरा राखेको, सम्बन्धित मन्त्रीसँग पनि समस्या राख्दासमेत राज्यले कुनै सुनुवाई नगर्नुको साथै मूल्यवृद्धिले झन् बाधा उत्पन्न भएको भन्दै निर्माण व्यवसायीहरु अब सुतेर बस्ने अवस्था नरहेको भन्दै होलिडे मनाउने सम्मको सोँच भइरहेको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले बताए ।  

मूल्य वृद्धिको बारेमा सरोकारवाला मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने, विज्ञप्ति समेत निकाल्दा व्यवसायीहरुको मागप्रति राज्य गैरजिम्मेवार बनेको टिप्पणी गर्दै आन्दोलन गर्ने चेतावनी दिए । हामी निर्माण होलिडे गर्ने तयारीमा छौँ । उनले निर्माणकार्य ठप्प गरेर विरोध गर्ने गरी कार्यक्रम तय गरिरहेको बताए ।

महासंघको १७ औं निर्माण दिवसको अवसरमा एक विद्यालयमा आयोजना गरिएको पोसाक वितरण कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रायमाझीले यस्तो बताएका हुन् ।

कार्यक्रममा संघका सल्लाहकार जीवन कक्षपतिले काम गरेर भुक्तानी नपाएको समस्या व्यहोरिरहेको बेला मुल्यवृद्धिले थप अर्को गम्भीर समस्या थप्ने काम भएको बताए । व्यवसायीक हकहितको पक्षमा संस्थागत रुपमा आवाज उठाउन उनले सबैलाई आग्रह गरे । 

बुटवल उपमहानगरभित्र रहेको तर ओझेलमा पर्दै आएको विद्यालयमा अध्ययनरत १३७ जना विपन्न परिवारका विद्यार्थीहरुलाई पोशाक वितरण   गरेर उदाहरणीय संघले आफ्नो निर्माण दिवस मनाएको छ ।  

नेपाल निर्माण व्यवसायी महासंघका रुद्र शर्मा, नेपाल निर्माण व्यसायी महासंघका नीतिगत उपमहासचिव बिनय ज्ञवाली, लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष मन्जु भुसाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर खड्का लगायतले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यवसायीहरु निरन्तर लागेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ