arrow

बार्सा बराबरीमा रोकिँदा रियाल मड्रिडलाई फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
barcelona-24-12-8.jpg

काठमाडौँ । स्पेनिश लिग ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना शनिबार राति अन्तिम समयमा सम्हालिन नसक्दा रियाल बेटिससँग २–२ गोलको बराबरीमा रोकिएको हो।

बार्सिलोनालाई बराबरीमा रोक्ने क्रममा थपिएको इन्ज्युरी समय ९४ मिनेटमा बेटिसका असानी डिएओले गोल गरेका थिए।

शुरुआती अग्रता लिएको बार्सिलोनाका लागि खेलको ३९ मिनेटमा लेवान्डोस्कीले गरेका थिए । ६८ मिनेटमा पेनाल्टी पाएपछि बेटिसका लो सेल्सोले गोल फर्काएर १(१ बराबरीमा ल्याए।

८२ मिनेटमा बार्सिलोनाका टोरेजले गोल गर्दै २(१ को स्थितिमा ल्याए पनि बार्सिलोनाले जित निकाल्न सकेन ।

यो बराबरीसँगै बार्सिलोनासँग अंक तालिकामा प्रतिस्पर्धा गरिरहेको रियाल मड्रिडलाई फाइदा पुगेको छ।

रियालले आइतबार बिहान भएको खेलमा जिरोनालाई ३–० ले हराएको छ। रियालका बेलिंघम, गुलेर र एम्बाप्पेले गोल गरेका थिए।

एक खेल कम खेलेको रियालको ३६ अंक छ भने एक खेल बढी खेलेको बार्सिलोनाको ३८ अंक रहेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ