arrow

लुम्बिनी लगातार तेस्रो दिन मैदानमा, जनकपुरविरुद्ध टस जितेर बलिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
npl-lum-jan-81-8-23.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको १४ औँ खेलमा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेलिरहेका छन् । 

लुम्बिनीले लगातार तेस्रो दिन मैदानमा उत्रिएको छ । टस जितेर लुम्बिनीका कप्तान एवं राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गरेको छ । 

लुम्बिनीको यो चौथो खेल हो भने जनकपुरको पनि चौथो खेल हो । लुम्बिनी जितविहीन छ भने जनकपुरले सबै खेल जितेको छ ।

लुम्बिनीमात्र आठ टिम सहभागी प्रतियोगिताको अंकविहीन टिम हो । 

आजको दोस्रो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज दिउँसो १ बजे भिड्दै छन् । 

अंकतालिका
३ खेलमा ६ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

अंकविहीन लुम्बिनी पुछारमा छ । 

यसअघिका खेल
–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ । 
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ । 

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो । 

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ