arrow

नतिजाको १३ दिनपछि महाराष्ट्रले पायो नयाँ सरकार, फडणवीस बने मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
devendra-fadnavis-maharastr.jpg

काठमाडौँ । भारतको महाराष्ट्रले चुनावी नतिजा आएको १३ दिनपछिमात्र नयाँ सरकार पाएको छ । देवेन्द्र फडणवीस १० वर्षमा तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिने पहिलो भारतीय जनता पार्टीका नेता बनेका छन् । 

त्यस्तै शिवसेनाका नेता एकनाथ शिंदे उपमुख्यमन्त्री बनेका छन् । सन् २०२२ मा मुख्यमन्त्री बनेका शिंदे पहिले मुख्यमन्त्री बनेर पछि उपमुख्यमन्त्री बन्ने महाराष्ट्रका दोस्रो नेता भएका छन् । 

त्यस्तै एनसपीपीका नेता अजित पवार पनि उपमुख्यमन्त्री बनेका छन् । उनी छैटौँ पटक राज्यका उपमुख्यमन्त्री बनेका छन् । महाराष्ट्रमा छैटौँ पटक उपमुख्यमन्त्री बन्ने पवार पहिलो नता हुन् । 
शपथ ग्रहणपछि उनीहरु मन्त्रालय पुगेर मन्त्रिपरिषद्को पहिलो बैठक बसेर पुणेका बिरामी चन्द्रकान्त शंकर कुरहाडेको उपचारका लागि मुख्यमन्त्री चिकित्सा राहत कोषमा पाँच लाख रुपैयाँको सहायता दिने निर्णय गरेका छन् । 

महाराष्ट्रको २८८ विधान सभा सिटमध्ये महायुतीले २३० सिट ल्याएको थियो । जसमा भाजपाले १३२, शिवसेनाले ५७ र एनसीपीले ४१ सिट जितेको थियो । 

बिहीबार साँझ आजाद मैदानमा स्थानीय समयअनुसार ५ः३१ गते शुरु भएको शपथ ग्रहण कार्यक्रम आधा घण्टामात्र चलेको थियो । 

समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, अमित शाह, नितिन गडकरी, नितिशकुमार, चन्द्रबाबु नायडूसहित दुई सय भीआईपीहरु रहेका थिए । 

कलाकारहरु सलमान खान, शाहरुख खान, संजय दत्त, रणवीर कपूर,  रणवीर सिंह पनि सहभागी भएका थिए । 

क्रिकेट लिटिल मास्टर सचिन तेन्दुलकर पत्नी अञ्जलीसहित पुगेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ