arrow

एनपीएलमा सुदूरसँग काठमाडौँ निरीह, नरेन साउदले लिए पाँच विकेट [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
npl-sudurpachhim-81-8-20.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा सुदूरपश्चिम रोयल्सले शानदार जित हासिल गरेको छ । लिगको नवौँ खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गरेको हो । 

त्रिवि कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १६७ रन बनायो । ब्रान्डन म्याकमुलेनले ५३, कप्तान दिपेन्द्र सिंह ऐरीले ४३ तथा विनोद भण्डारीले ३५ रन बनाए । काठमाडौँको रशिद खानले २ विकेट लिए । 

जवाफमा काठमाडौँले १५.५ ओभरमा अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो । स्टेफेन एस्किनाजीले सर्वाधिक ३७ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा नरेन साउदले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । 

त्यस्तै अबिनाश बोहराले २ विकेट झारे । यो हारसँगै काठमाडौँको ३ खेलमा २ अंकमात्र छ भने २ खेलमा ४ अंकको सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको छ । 

तीन खेलबाट ६ अंकसहित जनकपुर बोल्टस् शीर्ष स्थानमा रहेको छ । 

यसअघिका खेल
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 


 

npl-sudur-kathmandu-81-8-20 (1).jpeg
npl-sudur-kathmandu-81-8-20 (1).jpg
npl-sudur-kathmandu-81-8-20 (2).jpeg
npl-sudur-kathmandu-81-8-20 (2).jpg
npl-sudur-kathmandu-81-8-20 (3).jpeg
npl-sudur-kathmandu-81-8-20 (3).jpg
npl-sudur-kathmandu-81-8-20 (4).jpeg
npl-sudur-kathmandu-81-8-20 (4).jpg
npl-sudur-kathmandu-81-8-20 (5).jpeg
npl-sudur-kathmandu-81-8-20 (5).jpg
npl-sudur-kathmandu-81-8-20 (6).jpeg
npl-sudur-kathmandu-81-8-20 (6).jpg
npl-sudur-kathmandu-81-8-20 (7).jpeg
npl-sudur-kathmandu-81-8-20 (7).jpg
npl-sudur-kathmandu-81-8-20 (8).jpeg
npl-sudur-kathmandu-81-8-20 (8).JPG
npl-sudur-kathmandu-81-8-20 (9).jpeg
npl-sudur-kathmandu-81-8-20 (10).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ