arrow

मार्शल ल लगाउने कोरियाली राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्तावको मतदान शनिबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २० बिहिबार
south-korea-yoon-suk-yeol.jpg
तस्बिर – फाइल ।

सोल । अप्रत्याशित रूपमा ‘मार्शल ल’ लगाउने दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावमा शनिबार मतदान हुने भएको छ । दक्षिण कोरियाली मिडियाका अनुसार राष्ट्रपति युनलाई महाभियोग लगाउनु पर्ने वा नगर्ने भन्ने विषयमा मतदान स्थानीय समय अनुसार शनिबार बेलुकी ७ बजे तय भएको हो । 

कोरियाली संसदका ६ विपक्षी दलले उनीविरुद्ध बुधबार महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रक्रिया अघि बढाइएको हो । 

कोरियाली संसदमा विपक्षीसँग १९२ सिटको बहुमत भए पनि प्रस्ताव पारित हुनका लागि सत्तारुढ दलका १०८ सांसदमध्ये कम्तीमा आठ सांसदको मत आवश्यकता पर्छ । 

सत्तारूढ दलका कम्तीमा ८ सांसदले महाभियोगको पक्षमा मतदान गरे भने राष्ट्रपति महाभियोग लागेर निलम्बनमा पर्नेछन् । नत्र उनी महाभियोगबाट बच्न सक्नेछन् ।

तर कोरियाली समाचार एजेन्सी योनयापका अनुसार युनको सत्तारुढ पिपुल पावर पार्टीले उनको महाभियोगको विरोध गर्ने भएको छ ।

उता मार्शल ल लगाउन आफ्नो हात रहेको भन्दै त्यहाँका रक्षामन्त्रीले राजीनामा दिएपछि कोरियाली राजनीति थप रोचक बन्दै गएको छ ।
 

देशभर विरोध भएपछि मार्शल ल लगाएको ६ घण्टामै फिर्ता लिइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ