काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको आठौँ खेलमा अहिले जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिडिरहेका छन् ।
त्रिवि कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिले बलिङ रोजेसँगै पोखराले ब्याटिङ गरिरहेको छ ।
जनकपुरको यो तेस्रो खेल हो भने पोखराले दोस्रो खेल खेलिरहेको छ । जनकपुरले यसअघिका दुवै खेल जितेको छ भने पोखराले पहिलो खेल हारेको थियो ।
पोखरा कुशल भुर्तेलको कप्तानीमा रहेको छ भने जनकपुरको कप्तानीअनिल साहले सम्हालेका छन् ।
जनकपुर शीर्ष स्थानमा रहँदा चितवन समान ४ अंकबाटै दोस्रो स्थानमा छ । कर्णाली दुवै खेल हारेर पुछारमा छ ।
यसअघिका खेल
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।