arrow

बयान चलिरहँदा चितवनमा रविका समर्थक र प्रहरीबीच झडप [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
rsp-police-chitwan-81-8-19t.jpg

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा सरकारी वलिकको कार्यालयमा बयान चलिरहँदा बाहिर भने झडप भएको छ । 

लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । उक्त मुठभेडले चितवन अहिले तनावग्रस्त भएको छ । 

जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो, जवाफमा दुवै पक्षबीच झडप भएको हो ।

शुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको चितवनका एसपी गौतम मिश्रले सञ्चारकर्मीलाइ बताए ।

उनका अनुसार स्थिति नियन्त्रण लिने प्रयास भइरहेको छ । चितवन रविको आफ्नै चुनावी क्षेत्र हो ।

सहकारी ठगीसहित चार ओटा आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चितवनमा बयान जारी रहेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा रविको बयान आज बिहान ९ बजेबाटै शुरू भएको हो । मंगलबार अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको भए पनि बयान नसकिएपछि आज पनि बयान लिइएको हो ।

सहकारी ठगीमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछाने कास्की, रूपन्देही, काठमाडौं हुँदै चितवनमा बयानका लागि मंगलबार लगिएको थियो ।

तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीवाट रकम लगेको आरोप छ । सोही सिलसिलामा उनी गत कार्तिक २ गतेदेखि हिरासतमा रहेका छन् ।

जीबी राई संलग्न चितवनस्थित साहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको थप आरोप उनीमाथि छ । जजसको बयानका लागि उनलाई काठमाडौंबाट चितवन ल्याइएको हो ।

गत असोज ९ गतेको निवेदन र जिल्ला सरकारी वकिलले दर्ता गरेको मुद्दामा लामिछानेको नाममा किटानी जाहेरी नगरे पनि मंसिरमा हालिएको पुरक जाहेरीमा लामिछानेसहित १७ जना विरुद्ध सहकारीको रकम हिनामिना गरेको आरोप लगाइएको छ ।

उनलाई पर्सा जिल्लाले पनि पक्राउ पुर्जी जारी गरी बयानका लागि पर्सा लैजाने सम्भावना छ ।

rsp-police-chitwan-81-8-19 (4).jpg
rsp-police-chitwan-81-8-19 (5).jpg
rsp-police-chitwan-81-8-19 (1).jpg
rsp-police-chitwan-81-8-19 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ