arrow

एनपीएलमा लुम्बिनी र विराटनगर मैदानमा, लुम्बिनी ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
npl-lumbini-biratnagar.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको सातौँ खेलमा अहिले लुम्बिनी लाइन्स र विराटनगर किंग्स भिडिरहेका छन् । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेसँगै लुम्बिनीले पहिले ब्याटिङ गरिरहेको छ ।  

लुम्बिनीको यो पहिलो खेल हो भने विराटनगरले तेस्रो खेल खेलिरहेको हो । विराटनगर यसअघिका दुवै खेल हारेर घाइते भएको छ । 

विराटनगर सुदूरपश्चिम रोयल्ससँग ९० रनले तथा जनकपुर बोल्टससँग ८ विकेटले पराजित भएको थियो । 

यसअघिका खेल
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।  

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो । 

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ