करणले काठमाडौँलाई जिताउँदा खेर गयो कर्णालीका गब्बरको अर्धशतक
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
523
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौँले १५० रनको चुनौती १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो ।
कर्णालीका लागि सुमित महर्जनले ३७ बलमा अविजित रहँदै ४०, गेर्हार्ड इरास्मसले २८ बलमा ३८ तथा कप्तान करण केसीले १० बलमा २८ रन बनाए ।
१६ वर्षे बिपिन शर्माले १८ रन खर्चेर १ विकेट लिए ।
खेलमा टस हारेर पहिले याटिङ गरेको कर्णालीले ५ विकेटको क्षतिमा १४९ रन बनायो ।
कर्णालीका लागि शिखर धवन ‘गब्बर’ ले ५१ बलमा ५ छक्का र ४ चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाए ।
त्यस्तै चाडविक वाल्टनले २१ तथा जीशन मसूदले अविजित रहँदै १४ रन जोडे ।
काठमाडौँका लागि गेर्हार्ड इरास्मसले २ विकेट लिए ।
योसँगै कर्णालीले लगातार दोस्रो खेल हारेको छ । पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
त्यस्तै काठमाडौँको यो पहिलो जित हो । यसअघि काठमाडौँ चितवनसँग ५ विकेटले पराजित भएको थियो ।
आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लाइन्स खेल्दैछन् ।
लुम्बिनीले पहिलो खेल खेल्दैछ भने विराटनगरको यो तेस्रो खेल हुनेछ । यसअघिका दुवै खेल विराटनगरले हारेको छ ।
यसअघिका खेल
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।