arrow

दक्षिण कोरिया

राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
korea-birodh.jpg

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयका सबै वरिष्ठ सचिवले राजीनामाको घोषणा गरेका छन् । 

कोरियाली सञ्चारमाध्यमका अनुसार कोरियाली राष्ट्रपति कार्यालयका कर्मचारी, चीफ अफ स्टाफ र सबै वरिष्ठ सचिवहरूले राजीनामाको प्रस्ताव गरेका छन् । राष्ट्रपति येओलले आपत्कालीन 'मार्सल ल'को घोषणा गरेपछि उनीहरूले राजीनामा दिने घोषणा गरेका हुन् । 

दक्षिण कोरियाली राष्ट्रपति येओलले मङ्गलबार एक टेलिभिजन सम्बोधनमा राज्य विरोधी शक्तिहरू उन्मुलन गर्न र स्वतन्त्र संवैधानिक व्यवस्थालाई कायम राख्न आपत्कालीन सैन्य कानून घोषणा गरेका थिए ।  मङ्गलवार राति लगाएको 'मार्सल ल' अन्ततः असफल भएको छ । 

दक्षिण कोरियाली संसद्मा भएको मतदानमा १९०–० मतका आधारमा सो असफल भएको हो । अब विपक्षी दल तथा नागरिकहरू राष्ट्रपति येओलको राजीनामाको माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ