एनपीएलमा काठमाडौँ र कर्णाली मैदानमा, कर्णाली ब्याटिङमा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
293
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको छैटौँ खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज बीचको भिडन्त भइरहेको छ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौँले टस जितेर पहिले फिल्डिङ रोजेसँगै कर्णाली पहिले ब्याटिङमा आएको छ ।
दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
त्यस्तै काठमाडौँ चितवनसँग ५ विकेटले पराजित भएको थियो ।
पहिलो जितका लागि दुवै टिम आतुर देखिएका छन् ।
आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लाइन्स खेल्दैछन् ।
लुम्बिनीले पहिलो खेल खेल्दैछ भने विराटनगरको यो तेस्रो खेल हुनेछ । यसअघिका दुवै खेल विराटनगरले हारेको छ ।
यसअघिका खेल
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।