ईसेवाको ब्राण्ड प्रवर्द्धकमा क्रिकेट कप्तान रोहितको निरन्तरता
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
668
Shares
काठमाडौँ। नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रूपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ।
विगत एक वर्षदेखि इसेवाको ब्राण्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो। गत आइतबार पुलचोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यालयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र रोहित कुमार पौडेल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए।
इसेवाका सिइओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए।