arrow

जनकपुर बोल्ट्ससँग फराकिलो हारपछि यसो भन्छन् कर्णाली याक्सका कप्तान सोमपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
sompal-kami-08.jpg

काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले माथिल्लो क्रमका शीर्ष पाँच ब्याटरले राम्रो ब्याटिङ गर्न नसक्दा सोचेअनुरूप योगफलमा ३० रन कम भएको बताएका छन् । 

जनकपुर बोल्ट्ससँग आठ विकेटको फराकिलो हारपछि कप्तान सोमपालले १७० रन सम्मको योगफल बनाउने लक्ष्य भए पनि शीर्ष पाँच ब्याटरले राम्रो भूमिका खेल्न नसक्दा हार व्यहोर्नुपरेको बताए । 

आजको पिचमा खेल्न सहज नभए पनि जनकपुरका कप्तान अनिल साह र आसिफ शेखले राम्रो सट सेलेक्सनसँगै राम्रो ब्याटिङ गरेको उनको भनाइ थियो । उनले आगामी खेलमा घरेलु खेलाडीले सुधार गर्दै जित दिलाउने विश्वास व्यक्त गरे । 

विदेशी खेलाडीले आशा गरेअनुरूप खेल्न नसकेको भन्दा पनि उनीहरूलाई पिच बुझ्न गाह्रो भएको सोमपाल बताए । उनले आफ्नो टोलीमा ब्याटर र बलर राम्रो रहेको पनि बताए । तर आगामी दिनमा गल्ती सुधार गर्दै जित निकाल्ने उनको विश्वास छ । 

जनकपुर बोल्ट्का प्रशिक्षक पुबुदु दसानायकेले टोलीको योजनाअनुरूप नतिजा आएको बताए । उनले खेल्दै गएपछि पिच राम्रो हुँदै जाने भएकाले पछि ब्याटिङ गर्दा केही सहज हुनेमा विश्वस्त रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ