arrow

उपनिर्वाचन २०८१

सर्केगाडमा माओवादी अगाडि लाग्दा कांग्रेस पकेट क्षेत्र कुर्दै, संचारकर्मीलाई सूचना दिन रोक

२२८३ मत गन्दा माओवादी केन्द्रको ८९५, नेपाली कांग्रेसको ६८९, नेकपा एमालेको ६००, राप्रपाको ३५ र रास्वपाको ७ मत

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ मंसिर १७ सोमबार
sarkegad-count-81-8-17.jpg

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा भएको उपाध्यक्षको मतदानको मतगणना तीव्र रुपले भइरहेको छ । ४ हजार ५ सय २४ मत खसेकामा आधा मत गणना भइसकेको छ । 

२२८३ मत गन्दा माओवादी केन्द्रको ८९५, नेपाली कांग्रेसको ६८९, नेकपा एमालेको ६००, राप्रपाको ३५ र रास्वपाको ७ मत रहेको छ । शुरुआतमा कांग्रेसले अग्रता लिएको भए पनि त्यसपछि भने माओवादी अगाडि छ ।

कांग्रेस आफ्नो पकेट क्षेत्र कुरेर बसिरहेको छ । 

संचारकर्मीलाई सूचना दिन रोक
मुख्य निर्वाचन अधिकृत न्यायाधीश शम्भुप्रसाद बरालले सूचना दिन रोक लगाएका छन् । मतगणना स्थलभन्दा बाहिर बसेका संचारकर्मीलाई सूचना नदिन भनेसँगै सूचना नदिइएको हो । 

संचारकर्मीहरुले सूचना नै नदिएपछि कसरी समाचार सम्प्रेषण गर्ने भन्दै प्रश्न गरेको भए पनि मुख्य अधिकृतबाट सूचना नदिन भनेको प्रतिनिधिले बताएका छन् । 

योसँगै संचारकर्मी अन्योलमा रहेका छन् । यद्यपि उनीहरुले आफूहरुलाई सूचनाको पहुँचबाट टाढा राख्न नपाइने भन्दै विरोध गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ