arrow

नेपाली खेलाडीकै बलबुँताले कर्णालीले जनकपुरविरुद्ध बनायो १४१ रन, महँगा शिखर फ्लप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
npl-karnali-janakpurp.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको तेस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्टसबीचको खेल भइरहेको छ । 

कीतिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १४१ रन बनायो । 

कर्णालीका लागि महँगा भारतीय खेलाडी शिखर धवन (गब्बर) सहितका विदेशी खेलाडीहरु फ्लप भएपछि नेपाली खेलाडीले नै सम्मानजनक योगफल बनाएका हुन् । 

गुल्सन झाले २७ बलमा ३६, अर्जुन घर्तीले २२ बलमा ३३ तथा कप्तान सोमपाल कामीले १३ बलमा अविजित रहँदै २९ रन बनाए । 

त्यसबाहेक शिखर धवनले १४ बलमा १४, हङकङका बाबर हायतले २५ बलमा १२ तथा वेष्ट इन्डिजका चाडविक वाल्टनले १२ बलमा ८ रनमात्र बनाए । 

जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए । 

जनकपुरको नेतृत्व अनिल साहले गरेका छन् । यो कर्णालीको पहिलो खेल हो भने जनकपुरले दोस्रो खेल खेलिरहेको हो । जनकपुरले पहिलो खेल जितेको थियो । 

–प्रतियोगिताको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ