एकचालीसमध्ये ३७ को परिणाम, कांग्रेस वडाध्यक्ष जितेर अगाडि, माओवादी र एमालेलाई अध्यक्ष र उपाध्यक्ष पनि
कांग्रेसले गुमायो आफ्नै गढ
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
2.7k
Shares
तस्बिर – कीर्तिपुर नगरपालिकामा नगरपालिका कार्यालय हलमा मत गणना हुँदै, रासस ।
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ४१ मध्ये ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ।
यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा नगर प्रमुखमा कांग्रेस अगाडि छ।
नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ।
नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ।
जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।