arrow

एनपीएलमा चितवनको विजयी शुरुआत, काठमाडौँ ५ विकेटले पराजित [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
npl-chitwan-beat-kathmandu-.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १११ रनमात्र बनाउन सक्यो । सुमित महर्जनले सर्वाधिक २९ रन बनानएको इनिङ्समा मिचेल लेभिट १६ बलमा २५ रन बनाएर आउट भए ।

पाकिस्तानी बलर सोहेल तन्भिरले ५ विकेट लिए । उनले २१ रन खर्चेका थिए । त्यस्तै कुशल मल्ल, रिजन ढकाल, अमर राउटेला र लुक बेन्केस्टिनले १–१ विकेट लिए । 

काठमाडौँको नेतृत्व करण केसीले गरेका छन् भने चितवनको नेतृत्व कुशल मल्लले गरेका छन् । 

जवाफमा चितवनले १७.१ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । सन्तोष कार्कीले ३१ बलमा अविजित रहँदै २८ रन बनाए भने लुक बेन्केन्स्टेइनले १७ बलमा २२ तथा शरद भेषावकरले २१ बलमा अविजित रहँदै ११ रन जोडे ।

काठमाडौँका लागि शहाब आलमले सर्वाधिक ३ विकेट लिए । 

प्रतियोगिताको तेस्रो खेलमा आज दिउँसो जनकपुर बोल्टस र कर्णाली याक्स भिड्दै छन् ।

यसअघि भएको उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 
 

npl-chitwan-beat-kathmandu (1).jpeg
npl-chitwan-beat-kathmandu (1).jpg
npl-chitwan-beat-kathmandu (2).jpeg
npl-chitwan-beat-kathmandu (2).jpg
npl-chitwan-beat-kathmandu (3).jpg
npl-chitwan-beat-kathmandu (4).jpg
npl-chitwan-beat-kathmandu (5).jpg
npl-chitwan-beat-kathmandu (6).jpg
npl-chitwan-beat-kathmandu (7).jpg
npl-chitwan-beat-kathmandu (8).jpg
npl-chitwan-beat-kathmandu (9).jpg
npl-chitwan-beat-kathmandu (10).jpg
npl-chitwan-beat-kathmandu (11).jpg
npl-chitwan-beat-kathmandu (12).jpg
npl-chitwan-beat-kathmandu (13).jpg
npl-chitwan-beat-kathmandu (14).jpg
npl-chitwan-beat-kathmandu (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ