arrow

एनपीएलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
npl-trophy-2024-final.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा अहिले काठमाडौँ गुर्खाज र चितवन राइनोज भिडिरहेका छन् । खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमाडौँले खराब शुरुआत गरेको छ । 

काठमाडौँले ४.४ ओभर खेल्दा ३ विकेट गुमाएर ३३ रन बनाएको छ । मिचेल लेभिट १६ बलमा २५ रन बनाएर आउट भए भने ओपन स्टफेन एस्किनाजी २ रनमा आउट भए । त्यस्तै जेहार्ड इरास्मसले ४ रन बनाए । सोहेल तन्भिरले २ तथा कुशल मल्लले १ विकेट लिए । 

काठमाडौँको नेतृत्व करण केसीले गरेका छन् भने चितवनको नेतृत्व कुशल मल्लले गरेका छन् । 

प्रतियोगिताको तेस्रो खेलमा आज दिउँसो जनकपुर बोल्टस र कर्णाली याक्स भिड्दै छन् ।

यसअघि भएको उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।  

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ