arrow

गोरखा-५ मा माओवादी केन्द्रका मगर निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
bishnubahadur-magar.jpg

पोखरा । गोरखा नगरपालिका वडा नं ५ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा उनले चार सय ८६ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आले मगरले ४ सय २ मत पाए ।

नेकपा एमालेकी दुर्गा कुमारी रानाले ३ सय ४५ मत पाइन् भने रास्वपाका मंगलबहादुर थापाले ८२ मत पाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ