उपनिर्वाचनमा एमालेले खोल्यो खाता, मोलुङ–५ मा तामाङ निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
412
Shares
ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ तीन सय ९९ मत ल्याएर विजयी भएका छन् ।
उक्त पदका लागि आज भएको उपनिर्वाचनमा तामाङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले एक सय ७७ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले एक सय ५१, नेकपा माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले तीन र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले तीन मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उक्त निर्वाचनमा १२ मत बदर भएको थियो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा मोलुङ–५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएकापछि आज उपनिर्वाचन भएको हो ।