सर्केगाडमा ६६.४३ प्रतिशत मतदान, कांग्रेस–माओवादीबीच प्रतिस्पर्धा हुने अनुमान
जनकबहादुर शाही,
प्रकाशित २०८१ मंसिर १६ आइतबार
520
Shares
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा स्थानीय तहको आइतबार भएको उपनिर्वाचनमा ६६.४३ प्रतिशत मत खसेको छ । ४ हजार ५ सय २४ जनाले मत खसालेका छ्न् । उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ६ हजार ८ सय १० मतदाता रहेको सर्केगाडमा १३ मतदान केन्द्र र १२ मतदान स्थल रहेका थिए ।
८ वटा वडा रहेको उक्त गाउँपालिका उपाध्यक्षका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
राति ११ बजेसम्म मतपेटिका आउन समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ ।