arrow

प्रतिकुल मौसमले श्रीलंकामा लियो १७ जनाको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
srilanka-cyclone-.jpg

कोलम्बो । श्रीलंकामा प्रतिकुल मौसमका कारण १७ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम बंगालको खाडीबाट  उत्पन्न ‘चक्रवात फेंगल’ बाट श्रीलंकामा हालसम्म १७ जनाको ज्यान लिइसकेको छ ।

 सो विपदमा परी हालसम्म ३० जना घाइते भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ। उसका अनुसार देशमा विद्यमान प्रतिकुल मौसमका कारण १ लाख ४२ हजार ६२४ परिवारका ४ लाख ७९ हजार ८७१ व्यक्ति प्रभावित हुन पुगेका छन् ।

यसबीचमा १ सय ३ घर पूर्णरुपमा र २ हजार ६ सय ३५ घरमा आंशिक क्षति पुगेको डीएमसीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ । 

अत्यधिक मौसमी अवस्थाबाट प्रभावित ८ हजार ४ सय ७० परिवारका कुल २७ हजार ५१७ व्यक्तिहरू हाल राहत केन्द्रहरूमा रहेको डीएमसीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ