arrow

सर्केगाडमा मतदान हुनु दश घण्टा अगाडि शाहीले गरे उम्मेदवारी फिर्ताको घोषणा 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ मंसिर १५ शनिबार
naresh-shahi-sarkegad-.jpg

हुम्ला । आइतबार हुन लागेको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदबावार नरेश शाहीले उम्मेदवारी फिर्ता लिएका छन् । 

मतदान शुरु हुनु भन्दा १० घण्टा अगाडि मौन अवधि चलिरहँदा शाहीले नेपाली कांग्रेसकी उम्मेदवार सबिता बुढालाई समर्थन गर्दै आफ्नो फिर्ता लिएका हुन् । शनिबार आफ्नो मतदान केन्द्र पुगेका शाहीले स्वतन्त्र रुपमा दिएको उम्मेदवारी त्याग गरी बुढालाई समर्थन गरेको बताए । 

उनले आफूलाई समर्थन गर्ने समर्थकले बुढालाई समर्थन गर्न आग्रह गर्दै आफ्नो उम्मेदवारी त्यागेको घोषणा गरेका छन् ।

गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दल र दुई स्वतन्त्रसहित ७ जनाले मनोनयन दर्ता गराएका भए पनि उम्मेदवारी फिर्ता लिने समयमा  स्वतन्त्र उम्मेदवार रामसरा खड्का साउदले  फिर्ता लिएपछि ७ बाट ६ जनाको उम्मेदवारी रहेको  सर्केगाडमा शनिबार राति शाहीले आफ्नो फिर्ता लिएपछि अब ५ जनाको उम्मेदवारी कायम रहेको छ ।

२०७९ स्थानीय तहको निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित उपाध्यक्ष चन्द्रसिं कार्कीको २०८१ भदौ ४ गते सवारी दुर्घटनामा निधन भएपछि उक्त गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो । 

शाहीको उम्मेदवारी त्यागसँगै उपाध्यक्ष पदका लागि भिडन्त अझ रोचक हुने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ