एनपीएलको पहिलो खेलमा विराटनगर १२७ रनमै आउट, जनकपुरलाई सहज चुनौती
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
444
Shares
काठमाडौँ । त्रिविविको मैदानमा शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्स १२७ रनमै अलआउट भएको छ । जनकपुर बोल्टस् विरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रनमा समेटिएको हो ।
मार्टिन गप्टिलले ४३ बलमा ५५ रन बनाए बाहेक कोही पनि टिक्न सकेनन् । अकिब इलियासले १५ रन बनाए । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् ।
कम योगफलमै रोक्ने क्रममा ललित राजवंशीले ३ तथा किशोर महतो र हर्ष ठाकेरले २–२ विकेट लिए ।
बेन माइक र मोम्मद मोहसिनले १–१ विकेट झारे ।
जवाफमा मैदानमा उत्रिएको जनकपुरले ११रन जोड्दा आसिफ शेखलाई व्यक्तिगत शून्य रनमा गुमाएको थियो ।