एनपीएल खेल्न शिखर धवन आइपुगे, भन्छन् – नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
286
Shares
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वसदस्य शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) र नेपाली खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन् ।
एनपीएल खेल्न शुक्रबार काठमाडौँ आइपुगेका शिखर धवनले त्रिवि विमानस्थलमा पत्रकारसँग आफू नेपाली क्रिकेटरसँग खेल्न उत्साहित रहेको बताएका हुन् ।
नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो गरिरहेको उनको प्रतिक्रिया थियो। अन्तरराष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको विश्वास छ। एनपीएलमा शिखर कर्णाली याक्सबाट खेल्ने छन्।