arrow

शनिबारदेखि एनपीएल, यस्तो हुँदैछ मैदान [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
npl-kirtipur-81-8-14-(13).jpg

काठमाडौँ । भोलिदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को लागि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानको तयारी अन्तिम चरणमा पुगेको छ ।

मैदानको पिचदेखि पहिलोपटक राखिएको डिजिटल स्कोर बोर्ड, दर्शकहरुको सुविधाका लागि फ्यान जोन र भीआईपी ठाउँको लागि अस्थायी पारापिट पनि निर्माण गरिएको छ ।  

एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौँ, लुम्बिनी, पोखरा र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टिमहरूले राउन्ड–रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । 

कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।

डिशहोमसँगको यो साझेदारी, नेपालमा क्रिकेटको नयाँ युगको शुरुआत भएको र नेपाली क्रिकेटको भविष्य उज्जवल बनाउनको लागि सशक्त कदम पनि भएको डिशहोमले जनाएको छ ।

साथै यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको छ । 

एनपीएल को पहिलो सिजन १५ मङ्सिरदेखि ६ पुस (३० नोभेम्बरदेखि २१ डिसेम्बर) सम्म  हुँदैछ । यसअघि ट्रफी सार्वजनिक भइसकेको छ ।

 

npl-kirtipur-81-8-14 (1).jpg
npl-kirtipur-81-8-14 (2).jpg
npl-kirtipur-81-8-14 (3).jpg
npl-kirtipur-81-8-14 (4).jpg
npl-kirtipur-81-8-14 (5).jpg
npl-kirtipur-81-8-14 (6).jpg
npl-kirtipur-81-8-14 (7).jpg
npl-kirtipur-81-8-14 (8).jpg
npl-kirtipur-81-8-14 (9).jpg
npl-kirtipur-81-8-14 (10).jpg
npl-kirtipur-81-8-14 (11).jpg
npl-kirtipur-81-8-14 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ