arrow

नुसिरात क्याम्पमा इजरायली आक्रमण, चारको मृत्यु, कयौँ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
israel-hezbollah- hamas-war.jpg
तस्बिर – फाइल ।

गाजा । गाजापट्टीको नुसिरात क्याम्पमा रहेको घरमा  भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै कयौँ व्यक्ति घाइते भएका छन् ।  

लडाकु विमानहरूले माघाजी शिविरको उत्तरमा रहेको घरमा गोलाबारी गरेका र उक्त घटनामा कैयौँ घाइते भएका छन् । देइर अल–बलाहको पश्चिममा आठ प्यालेस्टिनीहरू घाइते भएका छन् ।

गाजा सहर केन्द्रमा रहेको घरलाई लक्षित गरी भएको आक्रमणमा  एक प्यालेस्टिनी महिला, उनको छोरा र नातिको मृत्यु हुनुका साथै  अन्य धेरै घाइते भएको जनाइएको छ । 

पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणले गाजा पट्टीमा ४८ जनाको मृत्यु हुनुका साथै ५३ जना घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ