arrow

‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
home-ministry-nepal.jpg

काठमाडौँ । गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित सम्बन्धित नागरिकका गुनासो, जिज्ञासा र सुझावको विभिन्न माध्यमबाट सम्बोधन गर्दै आएको जनाएको हो ।

'मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाइ कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो', गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, ‘मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धीत गुनासो सेवाग्राहीले सम्बन्धित निकायकोको हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुख समक्ष गुनासो गर्न सकिनेछ।’

उनले गुनासो कक्षबाट मन्त्रालय र अन्र्तगतका निकायमार्फत प्रवाह हुने सेवा सम्वन्धी गुनासो विभिन्न माध्यम र प्रक्रियाबाट राख्न सकिने जानकारी दिए।

'प्राप्त गुनासो सम्वन्धीत निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारी मार्फत प्राथमिकताका साथ सुनुवाई र फछर्यौट गर्ने व्यवस्था मिलाइएको छ’, प्रवक्ता तिवारीले भने । 

गृहमन्त्री रमेश लेखकले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवा थप सुदृढ बनाउन गुनासो कक्ष स्थापनामा जोड दिएका थिए । 

यी हुन् गुनासो टिपाउने सम्पर्क–

प्रवक्ता तिवारी भन्छन्, 'सम्बन्धित निकायबाट गुनासो सुनुवाई हुन सकेमा गुनासो कक्षको ईमेल ([email protected]), फेसबुक (हेलो गृहमन्त्रालय), एक्स हेलो गृह @mohagunaso, ह्वाट्सएप (९८५१३६०६०३ र हुलाकमार्फत लिखित रुपमा पनि गुनासो राख्नु सकिनेछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ