arrow

गरिब नेपालीलाई प्रलोभनमा पारेर चीन लैजाने क्रम बढ्दो, कडाइ फितलो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
crime-final-everytime-use.jpg

काठमाडौँ । गरिब नेपालीलाई प्रलोभनमा पारेर नेपाली चेलीबेटीहरु चीन लैजाने क्रम बढ्दै गएको छ । अधिकांश घटनामा आरोपीहरु पक्राउ परे पनि सजिलै छुट्ने गरेका छन् । यसले अपराध बढाउन थप मद्दत गरेको छ । 

त्यतिमात्र होइन पीडितहरुले नेपाल प्रहरीलाई उजुरी पनि नगर्ने र आरोपी पक्राउ परिहाले पनि पीडित परिवारले वास्ता नगरिदिँदा थप समस्या हुँदै गएको एक प्रहरी अधिकृत भन्छन् । उनी पीडितले नै चासो दिएर प्रहरीलाई झक्झक्याउनु पर्नेमा उल्टै प्रहरीले झक्झक्याउँदासमेत बेवास्ता गर्ने गरेको बताउँछन् । 

मोटो रकमको प्रलोभनमा परेरै पीडितहरु मौन बसेको हुनसक्ने शंकासमेत भइरहेको छ । 

हुन पनि गत असोज १६ गते एक नाबालिग नेपाली युवतीको चिनियाँ नागरिकसँग विवाह गराउन खोजेको आरोपमा नेपाल प्रहरीले सुनसरीको बारा १ बाट ५ नेपाली र ३ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

तीनै जना चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएका थिए । नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो घटना गरिब नेपाली युवतीलाई विवाहको प्रलोभनमा पारेर अवैध गतिविधि र वेश्यावृत्तिको लागि चीन लैजाने चिनियाँ गिरोहको रहेको खुलेको थियो । 

तर उनीहरुमाथि  कारबाही प्रक्रिया अगाडि बढाउने क्रममा भने समस्या भयो । 

पक्राउ परेका तीन चिनियाँ नागरिकमा ३३ वर्षे ली टेंग (हुबेई प्रान्तका, चिनियाँ राहदानी नम्बर ईएन०४२९८२१), ३५ वर्षे वु हेजाई (हुबेई प्रान्तका, चिनियाँ राहदानी नम्बर ईजी०५०२०१८) र २५ वर्षे डोंग शिहाओ हुन् । उनी गुआङ्सी प्रान्तका हुन् । उनको चिनियाँ राहदानी नम्बर ईएफ८७९७९८१ हो । 

उनीहरुको उमेरले पनि अपरिपक्व युवाहरु हुन् । यस्ता युवामा अपराधको लत बसेपछि छुट्दैन । 

कतिपय चिनियाँहरु नेपाली नागरिकतासमेत लिएको पाइन्छ । उनीहरु सुन तस्करी, साइबर अपराध, मानव बेचबिखन, लागुऔषध तस्करी जस्ता विभिन्न अपराधमा संलग्न भएको अहिलेसम्मका अनुसन्धानबाट प्रहरीले पत्ता लगाएको छ । 

यिनीहरु नेपाली नागरिकता लिएर नेपालमा बसोबास गरे भने नेपालको सुरक्षामासमेत खतरा हुनसक्छ । 

भ्रष्टाचार नघटेका कारण यस्ता अपराधीहरुले जस्तोसुकै मूल्य दिएर पनि आफ्नो काम नगराउलान् भन्न सकिन्न । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ