arrow

चीनले फिर्ता पायो कोरियाली युद्धमा मृत्यु भएका ४३ चिनियाँको अवशेष

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
china-flag.png
तस्बिर – फाइल ।

चीन । युद्धको क्रममा मृत्यु भएका ४३ जना चिनियाँ जनसवयैसेवक (सीपीभी) सैनिकको अवशेष कोरियाबाट बिहीबार चीन फिर्ता गरिएको छ ।
  ।

चिनियाँ जनमुक्ति सेनाको हवाई बल वाई–२० विमानले मृतक सैनिकहरूको अवशेष लिएर चीनको लियाओनिङ प्रान्तको राजधानी शेनयाङमा अवतरण गरेको छ । अवशेषहरू शेनयाङको शहीदको चिहानमा राखिने जनाइएको छ ।  

दक्षिण कोरियाले बिहीबार चिनियाँ पक्षका शहीदको अवशेष हस्तान्तरण गरेपछि, चीनले इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलमा स्मारक समारोह आयोजना गरेको छ । 

समारोहमा, चिनियाँ राष्ट्रिय गान बजाइएको थियो भने प्रत्येक शवलाई राष्ट्रिय झण्डा ओढ्याइएको थियो । सहभागीहरूले शहीदहरूको पार्थिव शरीरमा पुष्पगुच्छा चढ्णएर सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए । 

सन् २०१४ देखि सन् २०२३ सम्म, चीन र कोरियाले अन्तर्राष्ट्रिय कानून र मानवीय सिद्धान्त अनुसार कोरियामा ९३८ सीपीभी शहीदहरूको अवशेष र सम्बन्धित कलाकृतिहरूलाई १० औँ पटक हस्तान्तरण गरेका थिए ।

चीनको स्थापना भएको आठ महिनापछि १९५० मा कोरियाली युद्ध भएको थियो । कोरियाको लोकतान्त्रिक जनवादी गणतन्त्रको अनुरोधमा सीपीभी अन्तर्गत चिनियाँ सेनाहरू युद्धमा होमिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ