arrow

प्रधानमन्त्री ओलीको चीन भ्रमण

केपीलाई माधवको सुझावः छिमेकीलाई ख्याल गरेर सम्बन्ध बढाउनु पर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १० सोमबार
oli-madhav-prachanda-ishwor.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिमेकीहरूलाई चिँढाएर सम्झौता गर्न नहुने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्र मन्त्रीहरूको सामूहिक छलफलमा पूर्व प्रधानमन्त्री नेपालले सो कुरा बताएका हुन् । 

‘कुनै पनि छिमेकी मुलुक प्रयोग गर्न दिनु हुन्न, असंलग्न परराष्ट्र नीति अनुसार सुमधुर सबन्ध राख्नु पर्छ, कुनै पनि सम्झौता गर्दा छिमेकी मुलुकको चासो प्रति पनि सम्मान गर्नुपर्छ,’ बैठकमा नेपालले भने ।  

 आसन्न चीन भ्रमणको तयारीका बारेमा छलफल गर्नका लागि ओलीले आज बैठक बोलाएका थिए । सञ्चारकर्मीसँग पनि छोटो प्रतिक्रिया दिदैँ नेता नेपालले शान्तिभूमिको देश भएकाले असलंग्न परराष्ट्र नीति अनुसार अघि बढ्नु पर्नेमा बैठकमा जोड गरेको जानकारी दिएका छन् । 

 ‘हामीले राष्ट्रहितलाई हेरेर काम गर्नुपर्छ, छिमेकीहरूको मनमा कुनै शंका छ भने त्यसलाई ध्यानमा राख्नुपर्छ, त्यो ख्यालमा राखेर नेपाल असंलग्न परराष्ट्र नीति अविचलित रूपमा उभिन्छ भन्ने सन्देश दिनुपर्छ,’ उनले भने, ‘कुनै पनि छिमेकी मुलुकहरूको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिनु हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ