उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिन भन्नेजस्तो कुरा गर्नुभयो – झलनाथ
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १० सोमबार
731
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्दता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद, सिंहदरबारस्थित कार्यालयमा पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्र मन्त्रीहरूसँगको सामुहिक छलफलको क्रममा सो प्रतिबद्दता गरेका हुन् ।
उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत ऋण नलिने बताएका हुन् । यद्यपि यस विषयमा सरकार निकै अगाडि बढेको बताइन्छ ।
सत्ताको मुख्य सहयोगी नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अनुपस्थित रहेको उक्त बैठकमा उनले यस्तो धारणा राखेका नेकपा एसका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए ।
‘‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिन भन्नेजस्तो कुरा गर्नुभयो,’ पूर्व प्रधानमन्त्री खनालले भने । खनालका अनुसार यसपटक चीनसँग ऋण सम्झौता नगरे पनि भावी दिनमा पनि कहिल्यै ऋण नै लिनुहुँदैन भन्ने नीति बनाउन लागेको हुन सक्ने भन्दै असहमति जनाएर फर्केको जानकारी दिए ।