arrow

आज नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने अन्तिम दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
nabil-bank-nbank.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नबिल बैंकले मंसिर २७ गते ४० औँ वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जनाएको छ । 

आजसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन पाउने र लाभांशको हकदार हुने बैंकले जनाएको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्ने लगायतका एजेन्डा राखेर यही मंसिर २७ गते ४० औँ वार्षिक साधारण सभा गर्दैछ । 

मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ। 

नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा भने यस बैंकले ११५ नगद लाभांश वितरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ