काठमाडौँ महानगरले दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई गर्यो एक लाख जरिबाना
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
652
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । काठमाडौँ महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिबाना तिराएको छ । शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिबाना गरेको हो ।
महानगरले सडक तथा सडकपेटीमा जथाभावी फोहर गरी वातावरण प्रदूषण गरेकोले एक लाख जरिबाना गरेको जनाएको छ ।