वायु प्रदूषणका कारण दिल्लीमा विद्यालय बन्द, अनलाइनबाटै कक्षा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ६ बिहिबार
1.4k
Shares
काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन शुरु गरिएको हो ।
केही दिनदेखि शहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । शहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् ।
शहरका दुई ठूला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् ।