विद्युत् लाइन चालु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न सरकारको निर्देशन [भिडियो]
१५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युत्को बक्यौता रकम बिलअनुसार असुल उपर गर्ने निर्णय
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
634
Shares
काठमाडौँ । सरकारले विद्युत् लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
उनकाअनुसार उद्योगमा विद्युत् आपूर्ति बन्दा उत्पादन घट्न गएको, राजश्व सङ्कलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हुँदा विद्युत् लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युत्को बक्यौता रकम बिलअनुसार असुल उपर गर्न पनि निर्देशन दिएको छ ।
उनले भने, ‘सर्वोच्च अदालतका पूर्व न्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद समाधानको लागि गठित जाँचबुझ आयोगले मिति २०८१ वैशाख २३ मा पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने । त्यसमा आधारित भएर अरू छानबिन गर्ने कुरा पछि हुन्छ ।
उद्योगमा विद्युत् आपूर्ति बन्दा उत्पादन घट्न गएको, राजश्व सङ्कलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हुँदा विद्युत् लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले मिलाउने । साथै १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युत्को बक्यौता रकम बिलअनुसार असुल उपर गर्ने ।’
सर्वोच्च अदालतका पूर्व न्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद समाधानको लागि गठित जाँचबुझ आयोगले मिति २०८१ वैशाख २३ मा पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताए ।