लिभरपुलले बढायो प्रिमियर लिगमा अग्रता, एस्टन भिल्लामाथि सहज जित
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
505
Shares
काठमाडौँ । लिभरपुलले इङ्गलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लामाथि जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा डर्विन नुनेज र मोहम्मद सलाहले एक एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलले प्रिमियर लिगमा आफ्नो अग्रता बढाएको छ । लिभरपुलको ११ खेलमा २८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा छ । त्यस्तै लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडि रहेको छ ।
त्यसैगरी एस्टन भिल्लाको ११ खेलमा १८ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।