एक्लो म
अनि
मेरा अधुरा सपनाहरू
अधुरा सपनाहरूसँगै
मन जलाउने स्मृतिहरु
मलाई पंछी बनेर
दूर गगनमा उडेर
बिलाउँ जस्तो लाग्छ
तर अपसोच
मसँग पखेटा छैनन्
बताससँगै अदृश्य
भइदिउँ जस्तो लाग्छ
तर म अदृश्य हुन सक्दिन
आँशुसँगै तरल भएर
बग्न मन लाग्छ
तर बग्दिन
पत्थर जस्तै
कठोर हुन मन लाग्छ
तर फूल जस्तै
कोमल हुन पुग्छु
पित्तल जस्तै आगोमा खारिएर
सुन भएर निस्किउँ जस्तो लाग्छ
तर पानी जस्तै बाफ बनेर
कतै विलिन हुन पुग्छु
मौसम जस्तै
क्षणमा बदलिउँ जस्तो लाग्छ
तर अपसोच
पर्वत जस्तै अटल हुन पुग्छु ।