एपीएफ र एसएसबीको संयुक्त टोलीले गर्यो सीमास्तम्भको निरीक्षण
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
557
Shares
सुनसरी। सुनसरीस्थित सशस्त्र प्रहरी बल एपीएफ –४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ ।
सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएनभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो ।
टोलीले सीमास्तम्भ एक सय ८२ देखि दुई सय ११ नम्बरसम्म निरीक्षण गरेको उनले बताए ।