-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पले जितका लागि आवश्यकताभन्दा बढी मत ल्याएसँगै राष्ट्रपति पौडेलले बधाई दिएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । सो क्रममा उनले दोस्रो कार्यकाल सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् ।
साथै उनले ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत हुनेसमेत विश्वास व्यक्त गरेका छन् ।
