-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल न्यूक्यासल युनाइटेडसँग पराजित भएको छ ।
गएराति सम्पन्न खेलमा न्यूक्यासलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
न्यूक्यासलको जितमा खेलको १२औं मिनेटमा अलेक्जाडर इसकले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि न्यूक्यासलको १० खेलमा १५ अंक भएको छ र लिगमा नवौं स्थानमा छ । त्यसैगरी आर्सनलको १० खेलमा १८ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छन् ।