arrow

ट्रम्प देखिए सट्टेबाजी बजारको फेभरेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
trump-harris.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिक आउँदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

चुनावको नतिजा कसैको पक्षमा जान सक्ने विभिन्न सर्वेक्षणले देखाएको छ । नोभेम्बर ५ मा हुने मतदानको दिन भन्दा अगाडी अहिलेसम्म ६० मिलियन अमेरिकीहरुले मेल–इन भोट वा व्यक्तिगत रूपमा मतदान गरिसकेको बताइएको छ । 

बुधबार जारी गरिएको सर्वेक्षणले पेन्सिल्भेनिया र उत्तरी क्यारोलिनामा कमला ह्यारिसभन्दा ट्रम्प एक प्रतिशतमात्र अगाडि रहेको देखाएको छ भने मिशिगनमा दुवैको बराबरी रहेको छ । 

एरिजोना, नेभाडा, जर्जिया र विस्कन्सिनमा पनि नजिकको प्रतिस्पर्धा छ। अर्को सर्वेक्षणले पेन्सिलभेनियामा दुई उम्मेद्वारहरू ४८ प्रतिशतले बराबरीमा राखेको छ भने कमला ह्यारिस विस्कन्सिनमा ट्रम्पभन्दा ६ अंकले र मिशिगनमा पाँच अंकले अगाडि छिन् । २०२४ को राष्ट्रपतीय निर्वाचन जित्नका लागि उम्मेदवारलाई २७० इलेक्टोरल भोट चाहिन्छ ।

सबै प्रमुख सर्वेक्षणहरूमा नजर राख्ने रियल क्लियर पोलिटिक्सले राष्ट्रिय स्तरमा ट्रम्पको ०.४ प्रतिशत अंकको अग्रता रहेको बताएको छ भने राज्यहरूमा दुई बीच कडा प्रतिष्पर्धा रहेको उल्लेख गरेको छ ।

यद्यपि सट्टेबाजी बजारमा भने ट्रम्प ६३.१ अंकका साथ अगाडि छन् भने ह्यारिस ३५.८ अंकका साथ पछि परेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ