भारतसँगको खेलमा टिकट बढी बिक्री गरेको भन्दै एन्फाले गर्यो फाइनलको टिकट बिक्री बन्द
अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्री बन्द, कसैसँग टिकट खरिद नगर्नसमेत आग्रह
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १२ सोमबार
996
Shares
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनशिपको टिकट बिक्री बन्द गरेको छ ।
एन्फाले सोमबार सम्पन्न नेपाल र भारत बीचको सेमिफाइनलमा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले यस विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्री बन्द गरेको जानकारी दिएको छ ।
एन्फाले टिकट बिक्री बन्द रहेकाले कसैसँग टिकट खरिद नगर्नसमेत आग्रह गरेको छ ।