विमानमा बमको बाछिटा काठमाडौँसम्म आइपुग्यो, दिल्लीबाट काठमाडौँ आएको विमानमा बमको सूचना
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
588
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । भिस्तारा एयरको विमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरुले विमानको चेकजाँच गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित विमानमा पुगेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएप मार्फत सो धम्की दिइएको थियो । सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरेका छन् ।
विमानमा बम रहेको–नरहेको अहिलेसम्म स्पष्ट नभएको सुरक्षास्रोतले जानकारी दिएको छ ।
यूके १५५ कलसाइनको यो विमान दिल्लीबाट अपरान्ह साढे ४ बजे काठमाडौँ अवतरण भएको थियो ।
अहिले भारतमा हरेक दिन विमानमा बम रहेको धम्की आइरहेको र सयौँ उडान प्रभावित भइरहेका छन् ।