arrow

रुकुम : घरघरमा खानेपानी धारा बन्दै

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ पुष ५ मंगलबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम । रुकुममा सार्वजनिक खानेपानीका धारा हटाइने भएको छ । सरकारले जिल्लामा एक घर एक धाराको अवधारण सुरु गरेपछि सार्वजनिक खानेपानीका धाराहरु हराउन थालेका हुन् । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गत वर्षदेखी सार्वजनिक धारालाई विस्थापित गरेर निजि धारा बनाइथिन थालेको छ । 
 
सबैलाई खानेपानीको पहुँचमा पुर्‍याउन र सरकारको लगानीलाई सहि सदुपयोग गर्नको लागि सार्वजनिक धारालाई विस्थापित गरेर एक घर एक धाराको अवधारण सुरु गरिएको कार्यालय प्रमुख विकेश बधानथाछेले बताए । यसले गर्दा गाउँमा सञ्चालन हुने आयोजनाहरु दिर्घकालीनसम्म सञ्चालन हुनुका साथै सबैको घरमा पानीको पहुँच पुग्ने विश्वास उनको छ ।
 
 एक घर एक धाराको अवधारण लागु भएपछि स्थानीयहरु पनि खुशी भएका छन् । अहिलेसम्म जिल्लाका सिस्ने, काँक्री, मोरावाङ, चुन्वाङ र सिम्ली गाविस बाहेक अरु सबै ठाउँमा यो कार्यकाक्रम लागु भएको कार्यालयको भनाई रहेको छ । एक घर एक धारा पुर्‍याउनको लागि ठुला आयोजनालाई विशेष प्राथामिकता राखेर काम सञ्चालन भईरहेको कार्यालय प्रमुख बधानथाछेले बताउनुभयो । सार्वजनिक धारामा पानी प्रयोग गर्दा थोरै समय मात्र प्रयोग हुने र पछि कसैले मर्मत नगर्दा खानेपानीको समस्या बढ्दै गएपछि डिभिजन कार्यालयले यस्तो कार्यक्रम सुरु गरेको हो । 
 
कार्यक्रम लागु भएपछि लामो समयदेखी पानीको समस्या झेल्दै आएका सर्वसाधारणहरु घरमै पानी पुगेपछि खुशी भएका छन् ।अहिलेसम्म यो कार्यक्रम झुला र पेउघा गाविसका विभिन्न ठाउँमा सम्पन्न भइसकेको छ भने अन्य धेरै ठाउँमा सम्पन्नको अन्तिम तयारीमा रहेको कार्यालयको भनाई छ । अब अति आवश्यक विद्यालय, मन्दिर बाहेका अन्य कुनै पनि ठाउँमा सार्वजनिक खानेपानीका धारा नबाउने गरेर सञ्चालन भईरहेका आयोजनामा काम भईरहेको बताएको छ ।यो कार्यक्रम निकै प्रभावकारी भएको कार्यायको दावि छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ