पोखरामा निषेधाज्ञा जारी, पाँच जना भन्दा बढी एक साथ भेला हुन निषेध
रवि लामिछाने पक्राउविरुद्ध रास्वपाको विरोधबीच सहकारी पीडितले पनि पोखरा केन्द्रित आन्दोलन गर्ने भएपछि सुरक्षामा गम्भीर समस्या
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
596
Shares
तस्बिर – फाइल ।
पोखरा । पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान ११ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहीद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन शुरु गरिरहेका छन् ।
त्यस्तै सहकारी पीडितहरुले पनि पोखरामा प्रदर्शन शुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।